ट्रेन्डिङ

आज सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । केही दिनअघिसम्म दिनहुँ नयाँ कीर्तिमान बनाउँदै उकालो लागेको सुनचाँदीको मूल्य आज एकाएक ठूलो गिरावटसहित ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा झरेको छ।

गएको शुक्रबार मात्रै सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

यसरी दुई दिनमै सुनको मूल्य ३९ हजार ३ सय रुपैयाँले घटेको हो।

यसअघि बिहीबार सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढ्दै ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

त्यसको अघिल्लो दिन बुधबार पनि सुनको भाउ प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको थियो।

एक सातामै तोलामा ५७ हजार ५ सय रुपैयाँले उक्लिएको सुन अहिले भने तीव्र ओरालो यात्रामा देखिएको छ।

यस्तै, आज चाँदीको मूल्यमा पनि असाधारण गिरावट आएको छ।

तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर चाँदीको भाउ आज तोलाको ५ हजार ५ सय रुपैयाँमा झरेको छ।

महासंघका अनुसार यो गिरावट हालसम्मकै सबैभन्दा ठूलो हो।

यसअघि बिहीबार चाँदीको मूल्य तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।

त्यसको भोलिपल्ट शुक्रबार चाँदीको भाउ घटेर ७ हजार ६५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै