ट्रेन्डिङ

अमेरिकाबाट ८० जना नेपाली डिपोर्ट

काठमाण्डौँ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन् ।

चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो ।

अध्यागमन विभागका अनुसार यसरी डिपोर्ट हुनेहरुमा एक महिलासहित ७९ जना पुरुष छन् ।

विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् ।

डिपोर्ट भएकाहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो । ब्युरोका अधिकारीहरुले उनीहरुसँग सोधपुछ गरेर परिवारका जिम्मा लगाएका छन् । कोही कसैले गैरकानुनी रुपमा अमेरिका पठाएको भए उजुरी दिन पनि ब्यूरोले उनीहरुसँग अनुरोध गरेको छ ।

यसअघि पनि अमेरिकाले नेपालीहरूलाई चरणरचरणमा डिपोर्ट गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै