ट्रेन्डिङ

चेक अनादर मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले चेक अनादर मुद्दाका फरार प्रतिवादीलाइ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा उनलाइ इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा साबिक जिल्ला पर्सा गा.बि.स.हरपुर वडा नम्बर ६ भई हाल पर्सागढी नगरपालिका वडा नम्बर ९  बस्ने ६४ वर्षका मदन प्रसाद यादव छन् ।

उनीमाथि पर्सा जिल्ला अदालतले यहि असोज २४ गते चेक अनादर मुद्दामा ६ महिना कैद सजाय सुनाएको छ ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै