ट्रेन्डिङ

भीमफेदीमा सुमो खोल्सामा खस्यो, ९ जना घाइते

अवस्था कस्तो ?

मकवानपुर । मकवानपुरमा सुमो दुर्घटनामा परेको छ ।

भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरीखेतमा आइतबार साँझ सुमो दुर्घटनामा परेको हो । काठमाण्डौँबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सुमो सडकभन्दा १०० मिटर तल खोल्सामा खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनायो । दुर्घटनाका कारण सुमोमा सवार सबै अर्थात् ९ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुको उद्दार गरी उपचारका लागि हेटौँडामा लगिएको छ । उनीहरुमध्ये ७ जनाको अवस्था गम्भीर तथा दुइको अवस्था मध्यम रहेको प्रहरीले बतायो ।

सुमोमा ६ जना पुरुष, एक बालकसहित एक जना महिला सवार थिए।

यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै