ट्रेन्डिङ

भद्रपुर विमानस्थलमा कसरी टर्यो जहाज दुर्घटना ?

काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमानलाई पैनीले जोगाएको छ ।

काठमाडौँबाट उडेको ९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ जहाज शुक्रबार राती अवतरणका क्रममा भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लिएको थियो । दुर्घटना भए पनि पानी बग्ने कुलोमा (पैनी) विमान पुल जस्तो भएर जोत्तिदा कुनै मानवीय क्षति भने नभएको हो ।

वुद्ध एयरका अनुसार जहाजमा ५१ जना यात्रु थिए । विमानमा सवार यात्रु एवं चालक दलका ४ जना सकुशल रहेको बुद्ध एयरले जनाएको छ ।

प्रत्यक्षदर्शी समेत रहेका भद्रपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्कीका अनुसार जहाज पैनीमा परेपछि आगलागी हुन पाएन ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै