ट्रेन्डिङ

सिरहामा ‘पिकनिक’ खानकै लागि बागमतीका मुख्यमन्त्रीले चढे हेलिकप्टर

सिरहा । बागमती प्रदेशका मुख्यमन्त्री वनभोज कार्यक्रममा सहभागी हुन ‘हेलिकप्टर’ चढेका छन् ।

सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित वनभोज कार्यक्रम (पिकनिक) मा सरिक हुन मुख्यमन्त्री इन्द्र बानिॅंयाले हेलिकप्टरको प्रयोग गरेका हुन् ।

नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवले अंग्रेजी नयाँ वर्षको अवसरमा धनगढीमाई-१४ मा पिकनिक आयोजना गरेका थिए । सोही कार्यक्रममा सहभागी हुन उनी हेटौंडाबाट हेलिकप्टर चढेर पुगेका हुन् ।

वनभोज कार्यक्रममा सरिक हुनकै लागि मुख्यमन्त्रीले हेलिकप्टर चढेर पुगेको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै