ट्रेन्डिङ

मधेसका पूर्वमुख्यमन्त्री सोनलले भने-खोज र बिट पत्रकारितालाई राज्यको संरक्षण चाहिन्छ

कलैया । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले समाज परिवर्तनका लागि अब खोजमूलक पत्रकारिताको झनै आवश्यकता रहेको बताएका छन्।

बाराको कलैयामा आज मिडिया काउन्सिल मधेस प्रदेशद्वारा आयोजित ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक गोष्ठीमा बोल्दै पूर्वमुख्यमन्त्री सोनलले खोज पत्रकारिताले समाजलाई प्रत्यक्ष फाइदा पुर्‍याउने भएकाले त्यस्तो पत्रकारिता गर्ने सञ्चारकर्मीलाई आफ्नो पूर्ण समर्थन रहने बताए।

उनले हाल मधेस प्रदेशमा बिट पत्रकारिताको पनि उत्तिकै आवश्यकता रहेको उल्लेख गर्दै खोज तथा बिट पत्रकारिता गर्ने पत्रकारलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए।

“व्यवसायिक पत्रकारिता गर्ने पत्रकारको सुरक्षादेखि पेशागत ग्यारेन्टीसम्मको जिम्मेवारी राज्यले लिनुपर्छ,” सोनलले भने।

फरक प्रसंगमा उनले २१ फागुनमा तोकिएको निर्वाचन समयमै गराउनु अहिलेको प्रमुख आवश्यकता भएको औंल्याए।

“चुनाव ठीक समयमा भयो भने देश सही ट्र्याकमा आउनेछ,” उनको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, मिडिया काउन्सिलका प्रमुख सुरेश यादव, सदस्यहरू रिन्कु मिश्रा, मन्नु पासवान, वन्दना झा लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै