ट्रेन्डिङ

पूर्वमुख्यमन्त्री सिंहले भने- अल्पसंख्यक समुदायको सुरक्षाप्रति संवेदनशीलता कहाँ छ?

जनकपुर । बङ्गलादेशमा एक निर्दोष हिन्दु युवाको हत्या भएको घटनाप्रति पूर्वमुख्यमन्त्री सतिस सिंहले गहिरो दुःख व्यक्त गरेका छन्।

उनले आज आफ्नो फेसबुक स्टाट्समार्फत यस घटनाले शान्त र सहिष्णु समाजमा अनपेक्षित पीडा र आक्रोश उत्पन्न गरेको उल्लेख गरेका छन ।

पूर्वमुख्यमन्त्री सिंहका अनुसार, धार्मिक पहिचानका आधारमा हुने यस्ता हिंसात्मक घटनाहरूले मानवता र सभ्यतामाथि गम्भीर प्रश्नचिह्न ठड्याउँछन् ।

यसले अल्पसंख्यकको सुरक्षाप्रति बङ्गलादेश सरकारको संवेदनहीन स्थिति पनि देखाएको उनले बताएका छन्।

पूर्वमुख्यमन्त्री सिंहले बङ्गलादेश सरकारसँग निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्ने र अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्ने आग्रह गरेका छन्।

उक्त स्टाट्समा उनले दिवंगत युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै