जनकपुर । मधेस प्रदेशमा सत्तारुढ ६ दलीय गठबन्धनले आज मन्त्रिपरिषद विस्तारका लागि बैठक बसेको छ ।
सदनबाट विश्वासको मत पाइसकेपछि सरकारले पूर्णता पाउने क्रममा भागबन्डा टुंगो लगाउने उद्देश्यले बैठक डाकिएको हो ।
बैठकमा सहभागी एक उच्च तहका नेताका अनुसार बैठकको मुख्य एजेन्डा मन्त्रीको संख्या र कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा सहमति कायम गर्नु रहेको छ ।
६ दलीय गठबन्धनमा सबै दलको समर्थनमा सरकार गठन भए तापनि, मन्त्रीपरिषद पूर्ण रूपमा गठन भइसकेको छैन ।
विश्वासको मत शतप्रतिशत पाइसकेपछि हालसम्म सबै दलबाट एक–एक जना मन्त्री तोकिएका छन्, तर मन्त्रिपरिषदको पूर्ण विस्तार अझै बाँकी रहेको छ ।
आजको बैठकले मन्त्रिपरिषद विस्तारका लागि अन्तिम सहमति जुटाउने अपेक्षा गरिएको छ, जसबाट गठबन्धनभित्रको शक्ति सन्तुलन कायम रहनेछ र प्रदेश सरकार पूर्ण रूपमा सञ्चालनमा आउनेछ ।