जनकपुर । मधेस प्रदेश सभाले मुख्यमन्त्री कृष्णा यादव नेतृत्वको सरकारका लागि विश्वासको मत लिने उद्देश्यले आज बोलाएको सदन बैठक निर्धारित समयभन्दा २ घन्टा ढिलो सुरु भएको छ।
प्रदेश सभाले आज दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेको थियो।
सदन सचिवालयका अनुसार एमाले दलका सांसदहरूको आगमनमा ढिलाइ भएका कारण बैठक समयमै सुरु हुन नसकेको हो।
लामो प्रतीक्षापछि बैठक सुरु भएसँगै विश्वासको मतसम्बन्धी कार्यसूची अघि बढाइएको छ।
मुख्यमन्त्री यादवले सदनमार्फत आफ्नो सरकारसँग बहुमत रहेको प्रमाणित गर्न विश्वासको मत लिन लागेका हुन्।
उनी छ दलको समर्थनमा यही १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।