काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना प्रक्रिया सुरु भएको छ।
निर्वाचन कार्यतालिकाअनुसार बिहान ८ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि केही प्राविधिक तयारीका कारण ढिलाइ भई मतगणना अघि बढाइएको हो।
केन्द्रीय निर्वाचन आयोगका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि मतगणना सुरु गरिएको हो।
सबै मतको गणना सकेर परिणाम एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ।
एमालेको महाधिवेशनअन्तर्गत अध्यक्षसहित विभिन्न पदाधिकारी चयनका लागि भएको मतदानपछि अहिले सबैको ध्यान मतगणनाको नतिजातर्फ केन्द्रित भएको छ।