काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी प्रणालिको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली देखिए पनि अन्य क्षेत्रको मौसम सामान्य रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान छ भने प्रदेशका अन्य भागसहित देशभर मौसम मुख्यतया सफा रहनेछ।
राति भने सबै प्रदेशमा आकाश खुलेर मौसम सामान्य रहने महाशाखाले जनाएको छ।