ट्रेन्डिङ

सात दल ७७ सांसदको हस्ताक्षरसहित कांग्रेस नेतृत्वमा सरकार गठनका लागि पुग्यो प्रदेश प्रमुखकहाँ

जनकपुर । मधेस प्रदेशमा सात दलीय गठबन्धन ७७ जना सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालय पुगेको छ।

गठबन्धनका सबै सातै दलका प्रतिनिधिहरूले हस्ताक्षरसहित औपचारिक समर्थनपत्र बुझाएका हुन्।

सात दलले संविधानको धारा १६८(२) को दायराभित्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको हो।

प्रदेश प्रमुखसँग दाबी पेस गरेपछि औपचारिक रूपमा कांग्रेस नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ।

गठबन्धनभित्र मन्त्रालयको भागबण्डा र अन्य राजनीतिक सहमतिका विषयहरू अब शपथ ग्रहणपछि टुंगो लगाइने तयारी छ।

राजनीतिक विश्लेषकहरूले यस कदमलाई मधेसमा नयाँ सत्ता समीकरणको निर्णायक मोडको रूपमा व्याख्या गरेका छन्।

प्रदेश राजधानी जनकपुरमा सात दलको यो कदमपछि राजनीतिक गतिविधि उच्चतम स्तरमा पुगेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै