बारा । बाराको प्रसौनी गाउँपालिका–६ मा एक पुरुषको घाँटी रेटेर हत्या गरिएको छ ।
सर्लाही धनकौलका ४२ वर्षीय राम किशोर सिंहको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।
डीएसपी पण्डितका अनुसार सिंह प्रसौनीस्थित किरण वेबरेज का व्यवस्थापक हुन्।
घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने, प्रमाण संकलन तथा आसपासका व्यक्तिहरूबाट बयान लिने काम भइरहेको छ।
“प्रारम्भिक अनुसन्धान अनुसार उनको घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ,” डीएसपी पण्डितले भने, “हामी सबै कोणबाट अनुसन्धान अगाडि बढाइरहेका छौँ।”
हत्या कसले र किन गरियो भन्ने विषयमा प्रहरीले केही अनुमान सार्वजनिक गरेको छैन। घटनाबारे अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।