बारा । बारा प्रहरीले एकैदिन विभिन्न ठाउँबाट करिब २ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले मंसिर ९ गते विभिन्न चेकपोइन्टमा भारतबाट नेपाल तर्फ तस्करी हुँदै गरेको १ लाख ७७ हजार ९ सय ९० रुपैयाँ बराबरको भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, प्रसौनी, अमलेखगंज र मटिअर्वा इलाकामा खटिएको टोलीले गेम भेष्ट, जगेरी पाउडर, लसुन, साडी, सजावटका सामान र विभिन्न किसिमका कस्मेटिक सामान बरामद गरिएको हो ।
बरामद सामानहरू नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।