ट्रेन्डिङ

बारामा तस्करको गोली वर्षा: प्रहरीको सात राउन्ड जवाफी कारबाहीपछि पूरा ग्याङ रातारात सीमा पार

के- के भयो बरामद ?

बारा । बाराको पचरौता नगरपालिका–६ चिकनी टोलमा गएराति तस्कर समूहले प्रहरीमाथि गोली प्रहार गरेपछि तनाव सिर्जना भएको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट राति गस्तीमा गएको टोलीलाई भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको करिब २५ जनाको तस्कर समूहसँग अकस्मात् जम्का भेट भएको प्रहरीले जनाएको छ।

तस्करी सामानसहित मोटरसाइकल र ट्याक्टर लिएर आउँदै गरेका तस्करहरूलाई रोक्न खोजेपछि उनीहरूले कटुवा बन्दुकबाट २ राउन्ड गोली फायर गरेका थिए।

प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै ७ राउन्ड जवाफी फायर गरेपछि तस्कर समूह ट्याक्टरसहित भारततर्फ भागेको जानकारी दिएको छ।

घटनाको जानकारी मिलेसँगै प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा थप फोर्स घटनास्थल पठाइएको थियो।

प्रहरीले दसगजाका आसपास छाडेर भागेको अवस्थामा तस्करहरूद्वारा प्रयोग गरिएका मोटरसाइकल तथा मोबाइलफोनसहितका सामग्री बरामद गरेको छ।

प्रहरीले विभिन्न भारतीय नम्बरका चारवटा मोटरसाइकल, दुई मोबाइलफोन र भारतीय नागरिक रञ्जित कुमारको नाममा जारी सवारी चालक अनुमति पत्रसमेत फेला पारेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै