ट्रेन्डिङ

कलैयाका समाजसेवी नगिना साहले गरे ब्रहम बाबा मन्दिरका लागि ५० लाख बराबरको जग्गा दान

कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर ३ का समाजसेवी नगिना साहले जितपुर सिमरा उपमहानगरपालिका १९ मधुरापुरमा रहेको एक कठ्ठा जग्गा ब्रहम बाबा मन्दिर संरक्षण समितीलाई दान गरेका छन्।

पाँच पटक वडा अध्यक्ष भइसकेका समाजसेवी  साहले जितपुर सिमरा उपमहानगरपालिका १९ मधुरापुरमा रहेको मुख्य सडकसँगै एक कठ्ठा जग्गा ब्रहम बाबा मन्दिर संरक्षण समितीलाई दान गरेका हुन।

जग्गा पास भएपछि स्थानिय बासीमा खुशीको लहर चलेको छ।

दान कार्यक्रम मन्दिर व्यवस्थापन समिति र वडाबासिको उपस्थितिमा सम्पन्न भएको थियो।

साहले धार्मिक स्थलहरूको संरक्षण र समृद्धिका लागि समुदायको सक्रिय भूमिका महत्वपूर्ण हुने बताए र आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे।

उनले आफ्नो र श्रीमती गिता देवीको मनोकामना पूरा भएको बताउँदै जग्गा मन्दिरको विस्तार, धर्मशाला निर्माण र आगन्तुक भक्तजनका आवश्यक सुविधा व्यवस्थापनमा उपयोग गरिनेमा विश्वास व्यक्त गरे।

वडा अध्यक्ष दिपेन्द्र कुमार छेत्रीले स्थानिय धार्मिक तथा सांस्कृतिक विकासमा साहको योगदानको कदर गर्दै धन्यवाद दिए।

वडा सदस्य मदन साह तेलिले भने जग्गादाता साहको यो धार्मिक सहयोगका लागि सम्पूर्ण वडा वासी सधैं कृतज्ञ रहने बताए।

मन्दिर संरक्षण समितिका अध्यक्ष लालबाबु साहले यस्ता धर्मात्माहरूको योगदानले हरेक धर्मसंस्कृतिको जगेर्नामा मद्दत पुग्ने बताए।

स्थानिय पासपत पास्वानले साहको यो कदमलाई समाज र संस्कृतिप्रति समर्पणको उदाहरण भएको भन्दै स्वागत गरे।

मन्दिर समितिका पदाधिकारीहरूले दानदाताप्रति आभार व्यक्त गर्दै योजनाबद्ध रूपमा निर्माण र विकास कार्य अघि बढाइने जानकारी दिएका छन्।

कार्यक्रममा पाँच सयभन्दा बढी स्थानिय नागरिकको उपस्थिति रहेको सचिव भरोश दास थारुले जानकारी दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै