ट्रेन्डिङ

नक्टाझिझमा कारको ठक्कर : वृद्ध दम्पतीमध्ये श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

जनकपुर। जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको नक्टाझिझस्थित सडकमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

तीव्र गतिमा आएको कारले वृद्ध दम्पतीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ। ठक्करबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो भने श्रीमान गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

मृतकका नाम र अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

घटना सम्बन्धी विस्तृत अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै