ट्रेन्डिङ

मुख्यमन्त्री यादवको कार्यभार ग्रहणसँगै जनकपुरमा भिडन्त, दर्जनौँ आन्दोलनकारी घाइते

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवको नियुक्तिपछि मंगलबार जनकपुरस्थित प्रदेश भवन अगाडि आन्दोलनकारी र प्रहरीबिच भीडन्त भएको छ ।

नियुक्तिको विरोधमा प्रदर्शनमा उत्रिएका सात दलका कार्यकर्ता र प्रहरीबीच ढुंगामुढा र धकेलाधकेल भएको हो ।

झडपका क्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता ज्ञानेन्द्र झा, रामविनोद चौधरीसहित दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् ।

घाइतेहरूको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको बताइएको छ । तर आन्दोलनकारीले प्रहरी प्रशासनले ‘दमनकारी व्यवहार’ गरेको आरोप लगाएका छन् ।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै शान्तिपूर्ण आन्दोलनमा दमन गर्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै