ट्रेन्डिङ

माओवादीको मधेश संसदीय दलको नेतामा भरत साह

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभाको संसदीय दलको नेतामा भरत प्रसाद साह लाई पुनः जिम्मेवारी दिएको छ।

पार्टी संयोजक तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज साहलाई संसदीय दलको नेतामा पुनर्स्थापित गर्ने निर्णय गरेका हुन् ।

माओवादी केन्द्रका तर्फबाट पूर्व अर्थ र गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका साहलाई पार्टीले पुनः महत्त्वपूर्ण भूमिकामा फर्काएको हो।

प्रचण्डले मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई एक पत्र पठाउँदै साहको पुनर्स्थापनाको जानकारी गराएका छन् ।

यो निर्णयसँगै अब मधेश प्रदेश सभामा माओवादी केन्द्रको संसदीय नेतृत्व साहले सम्हाल्ने निश्चित भएको छ। मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री जितेन्द्र सोनलले कर्तिक २२ गते विश्वासको मत लिने तयारी गरिरहेको बेला यो नेतृत्व फेरबदललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै