ट्रेन्डिङ

समुदाय–प्रहरी साझेदारीमा सिरहामा छठ घाटको सरसफाइ

वीरगन्ज । छठ पर्वको तयारीलाई लक्षित गर्दै सिरहाको सिरहा नगरपालिका वडा नं. ११, पदमपुरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

आसन्न छठ पर्वलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यका साथ ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत यो सरसफाइ अभियान चलाइएको हो।

वडा कार्यालयको आयोजना तथा इलाका प्रहरी कार्यालय बिष्णुपुर, सिरहाको सहकार्यमा भएको यस कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष राम एकबाल कामतीले गरेका थिए ।

सरसफाइ कार्यक्रममा इलाका प्रहरी कार्यालय बिष्णुपुरका प्रहरी नायव निरीक्षक ज्योती प्रकाश कार्की र अन्य प्रहरी कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए। यसैगरी, वडा सदस्यहरू, स्थानीय नागरिक, भद्रभलामी, युवा, महिला तथा बालबालिकाहरूले पनि उत्साहका साथ सरसफाइमा योगदान पुर्‍याएका थिए।

छठ पर्वअघि गरिएको यो सामूहिक प्रयासले स्थानीय क्षेत्रको सरसफाइमा सुधार ल्याउनुका साथै समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै