ट्रेन्डिङ

बारामा मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु

बारा । बारामा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित डुङ्ग्रे पुलको रेलिङमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि नौतनस्थित एलएस न्युरो हस्पिटलमा लगिएको थियो।

तर, चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका छन्। मृत्यु हुनेमध्ये एक जनाको पहिचान खुलिसकेको छ।

मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवाना नयाँ बस्तीका २० वर्षीय साजन तमाङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

अर्का मृतकको पहिचान भने अहिलेसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै