ट्रेन्डिङ

मधेस प्रदेश प्रहरी प्रवक्ता थापाले भने – ‘जेनजी आन्दोलनमा कारगारहरुबाट भागेका कैदीहरु चाडपर्वमा घर फर्कन सक्छन्, देखिएमा प्रहरीलाई खबर गर्नुहोस्’

वीरगन्ज । तिहार, छठ पर्व तथा नेपाल सम्बत ११४६ लक्षित मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले अपिल पत्र जारी  गरेको छ ।

प्रहरी प्रवक्ता कमल थापाले ७ बुदेँ अपिल पत्र जारी गर्दै शान्त, सुरक्षित, मर्यादित तथा मितव्यायी रुपले चाडपर्व मनाउन अनुरोध गरेका हुन् । प्रहरीले पटाका, झिरझिरे, रकेट, भुइचम्पा लगायतका आतिसबाजी नपड्काउन आग्रह गरेको छ ।

यसैगरी दोस्रो नम्बरमा मेला, पर्व, भिडभाडमा जाँदा महंगा गरगहना नलगाउन तथा कुनै किनमेल गर्दा आफ्नो नगद तथा गरगहनाको विेशेष सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ ।

यस्तै जुवातास, लंगुरबुर्जा, कौडा लगायतका गैरकानुनी खेलहरु खेल्ने तथा खेलाउन कार्यहरु नगर्न नगराउन प्रवक्ता थापाको आग्रह छ ।

मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, होहल्ला नगर्न, अत्यधिक आवाजमा ‘डिजे’ नबजाउन अपिल गरेको छ ।

यसैगरी जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारहरुबाट फरार कैदीबन्दीहरु चाडपर्वमा आफ्नो गाउॅंघर आउन सक्ने हुदाँ त्यस्ता सशांकित व्यक्तिहरु देखिएमा प्रहरीलाई खबर गर्न प्रवक्ता थापाले आग्रह गरेका छन् ।

त्यसैगरी चाडपर्वको समयमा घर, पसल छाडेर कतै जानुपरेमा छिमेकी, आफन्त तथा नजिकैको प्रहरीमा खबर  गरेर मात्र जान प्रहरीको अनुरोध छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै