ट्रेन्डिङ

सखुवा प्रसौनीको महुवनमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

वीरगन्ज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, महुवनमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ।

आज बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन भएको शिविरमा करिब ४७० जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा २५ जनामा सामान्य दृष्टि त्रुटि समस्या पहिचान गरिएको विद्यालयले जनाएको छ ।

उक्त शिविरमा किरण आँखा अस्पतालका सञ्चालक डा. अमर क्यालको समन्वयमा स्वास्थ्यकर्मी मुस्कान, रामबाबु, कविता, कुमार, शोभा र रुबीलगायतको टोलीले सक्रिय सहभागिता जनाएका थिए।

शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाहरूले समेत आँखा परीक्षण गराएका थिए। सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षणबाट प्रत्यक्ष लाभ लिएका छन्।

निःशुल्क आँखा परीक्षण शिविरले विद्यालय क्षेत्रका विद्यार्थी तथा स्थानीय समुदायमा आँखा स्वास्थ्यप्रतिको सचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेलेको डा. अमर क्यालले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै