ट्रेन्डिङ

जेनजी आन्दोलनको ३४ दिनपछि कांग्रेस सभापति देउवा सार्वजनिक

वीरगन्ज । गत भदौ २४ गते बुढानीलकण्ठमा भएको जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन्।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय समिति बैठकमा सहभागी हुने क्रममा उनी सार्वजनिक रूपमा देखा परेका हुन्।

आन्दोलनकारीको कुटपिटमा परेपछि देउवा यसअघि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। सो घटनाका क्रममा नेपाली सेनाले बुढानीलकण्ठबाट देउवा र उनकी पत्नी आरजु राणा देउवालाई उद्धार गरी स्थलमार्ग हुँदै अस्पताल पुर्‍याएको थियो। सेनाको हेलिकप्टरबाट उद्धार प्रयास गरिए पनि सफल हुन सकेको थिएन।

देउवाको टाउकोमा गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी पछि कांग्रेस नेता मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत दिएका थिए। सुरक्षाका कारण देखाउँदै उनको उपचार कहाँ गरिएको थियो भन्ने कुरा गोप्य राखिएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै