ट्रेन्डिङ

मुख्यमन्त्री सिंहको विश्वासको मत : जसपा नेपाल, माओवादी केन्द्र र नेकपा एस तटस्थ बस्ने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची छ, तर उनले विश्वासको मत नपाउने सम्भावना उच्च देखिएको छ।

प्रतिपक्षी दलहरू जनता समाजवादी पार्टी नेपाल जसपा नेपाल र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री सिंहलाई मत नदिने निर्णय गरेका छन्।

जसपा नेपाल संसदीय दलका नेता रामआशिष यादव र माओवादी केन्द्रका उपनेता युवराज भट्टराई दुवैले पार्टीहरू तटस्थ बस्ने निर्णय गरेको बताएका छन्। नेताहरूले सिंहलाई आफ्नै दलमा समेत पूर्ण समर्थन नरहेको भन्दै आफूहरूले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन्।

प्रतिपक्षमा रहेका दलहरुले मुख्यमन्त्री सिंहलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टीलगायतले पनि सिंहलाई विश्वासको मत नदिने भएका छन् ।

यसैबीच, मुख्यमन्त्री सिंहको विपक्षमा नयाँ राजनीतिक समीकरण बनेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र जनमत पार्टी निर्णायक छलफलमा जुटेका छन् र उनीहरूबीच कांग्रेस संसदीय दलका नेता कृष्णा यादवलाई नयाँ मुख्यमन्त्री बनाउने सहमति जुटिसकेको छ।

प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची रहे पनि यो समाचार तयार पार्दासम्म सभा सुरु भइसकेको छैन। प्रतिपक्षी दलहरू तटस्थ बस्ने निर्णयले मुख्यमन्त्री सिंहको सरकार ढल्ने निश्चितप्रायः भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै