ट्रेन्डिङ

गिरिबन्धु प्रकरण : गृहमन्त्री अर्यालले भने– ‘उजुरी आए छानबिन हुन्छ’

वीरगन्ज । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बहुचर्चित गिरिबन्धु टी–स्टेटको जग्गा प्रकरणको फाइल खोल्नका लागि सम्बन्धित पक्षहरूलाई लिखित उजुरी दिन आह्वान गरेका छन्।

सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले नागरिकहरूले उठाएका यस्ता ठूला प्रकरणहरूको छानबिन प्रक्रिया अगाडि बढाउन पीडित वा सरोकारवालाहरूले राज्य संयन्त्रमा औपचारिक उजुरी दिनुपर्ने बताए।

उनको भनाइ छ, ‘मन्त्रीले उजुरी हाल्दै हिँड्दैन। तर, बैना दिएका, पीडित भएका व्यक्तिले राज्य संयन्त्रमा ल्याइदिनुपर्छ।’

गृहमन्त्री अर्यालले अहिले देश आदेशले नभई कानुनले चलिरहेको भन्दै कानुनको कार्यान्वयनमा कसैले पनि हस्तक्षेप नगर्ने बताए। उनका अनुसार अब राज्य संयन्त्रले कुनै पूर्वाग्रह नराखी कानुन, प्रमाण र उजुरीलाई आधार मानेर ‘अर्ग्यानिक वे’ मा काम गर्नेछ।

‘जहाँ प्रमाण छ, जहाँ कानुनले ठाउँ दिन्छ, त्यहाँ रिजल्ट देख्नुहुन्छ। यो सुशासनको मान्यता नै त्यही हो,’ उनले थपे। उनले गिरिबन्धु लगायतका प्रकरणमा अख्तियार वा प्रहरी प्रशासन मार्फत उजुरी आए मात्र अनुसन्धानको प्रक्रिया अगाडि बढ्ने स्पष्ट पारे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै