ट्रेन्डिङ

सडक बत्ति जडानको माग गर्दै आदर्श कोतवाल गाउँपालिकामा युवाहरुको तालाबन्दी

वीरगन्ज । बाराको आदर्श कोतवाल गाउँपालिका कार्यालयमा युवाहरूको समूहले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

सडक बत्ती जडान गर्नुपर्ने माग राख्दै गएका युवाहरूको मागप्रति गाउँपालिका नेतृत्व सकारात्मक नभएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन्।

युवाहरूले जारी गरेको विज्ञप्तिअनुसार, असोज २६ र २७ गते गाउँपालिका कार्यालयमा पुगेर आफूहरूको मागबारे ध्यानाकर्षण गराएका थिए। तर, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै कार्यालयमा नभएको र वडा अध्यक्षहरूले ‘तानाशाही प्रवृत्ति’ देखाएको आरोप उनीहरूको छ।

विज्ञप्तिमा भनिएको छ कि गाउँपालिका अध्यक्ष र उपाध्यक्षले युवाहरूसँग भेट्न नमानेपछि त्यसको विरोधमा तालाबन्दी गरिएको हो।

युवाहरूले आफ्नो माग पूरा गर्न गाउँपालिका अध्यक्ष लगायतका जिम्मेवार पदाधिकारीहरूले छलफल गरी समस्याको समाधान नगरेसम्म गाउँपालिका कार्यालयको तालाबन्दी जारी रहने चेतावनी दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै