ट्रेन्डिङ

पुराना दल अब निर्वाचनमा जानुको विकल्प छैन, संसद् पुनर्स्थापनाको माग घातक : राजेन्द्र महतो

वीरगन्ज । जेनजी विद्रोहपछि नेपालको राजनीतिक धरातल पूर्ण रूपमा बदलिएको निष्कर्षसहित राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले स्थापित दलहरूलाई संसद् पुनर्स्थापनाको माग छाड्न र निर्वाचनमा होमिन आग्रह गरेका छन् ।

केन्द्रीय समिति बैठकमा पेस गरिएको प्रतिवेदनमा महतोले यदि पुराना दलहरूले राजनीतिक पूर्वाग्रहका कारण नयाँ निर्वाचनमा भाग लिएनन् वा अवरोध पुर्‍याएमा उनीहरूकै लागि परिस्थिति ‘भयावह’ हुने चेतावनी दिएका छन्।

अध्यक्ष महतोले प्रधानमन्त्री सुशीला कार्कीलाई फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ‘प्रस्ट म्यान्डेट’ दिइएको स्मरण गराएका छन्। उनले सरकार गठनको प्राथमिकता निर्वाचन भए पनि, प्रम कार्की ‘ताजा जनादेश प्राप्त पूर्णकालीन आरामदायी सरकार झैँ’ नियुक्ति र सरुवा–बढुवा जस्ता नियमित प्रशासनिक काममै अल्झिएकोमा आपत्ति जनाएका छन्।

राष्ट्रिय मुक्ति पार्टीले सरकारलाई ‘क्रान्तिको बलमा निर्माण भएको अन्तरिम सरकार’को हैसियत सम्झाउँदै, निर्वाचनको वातावरण बनाउन र विगतका गल्ती सच्याउने दिशा तय गर्न आह्वान गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै