वीरगन्ज । सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली रक्षा बल (आईडीएफ)ले औपचारिक पुष्टि गरेको छ।
आईडीएफका एक अधिकारीले आज बिहान साढे ७ बजे (स्थानीय समय) नेपालका लागि इजरायली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी र नेपालका दाजु किशोरलाई भिडियो कन्फरेन्स मार्फत सो जानकारी दिएका हुन्। राजदूत पण्डितले आईडीएफका अधिकारीले ‘विपिन ईज नो मोर’ भनेको पुष्टि गरे।
कञ्चनपुरका विपिन जोशी किबुत्ज क्षेत्रमा भएको आक्रमणपछि हमास लडाकुहरूको नियन्त्रणमा पुगेका थिए। त्यतिबेला १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। नोभेम्बर १७, २०२३ मा गाजाको अल शिफा अस्पतालमा देखिएपछि उनको अवस्था अज्ञात थियो।