ट्रेन्डिङ

वीरगन्जको माइस्थानस्थित अभिषेक सरार्फको सुन पसलमा राजश्वको छापा

वीरगन्ज । वीरगन्जको माइस्थानस्थित एक सुन पसलमा राजश्व बिभागले छापामारी गरेको छ ।

महनगरपालिकाको वडा नम्बर-९ माइस्थानस्थित अभिषेक सरार्फको पसलमा राजश्व बिभागले छापामारी गरेको हो ।

राजश्व अनुसन्धान विभाग पथलैयाको टोलीले छापामारी गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उक्त टोलीले अहिले पसलमा छापामारी रहेको छ, त्यसकारण के कति सामान बरामद भएको छ त्यो यकिन हुन सकेको छैन ।

सरार्फको पसलम अवैध सुन राखिएको उजुरीको आधारमा छापामारी गरिएको राजश्व अनुसन्धान विभाग पथलैयाको टोलीले जानकारी दिएको छ ।

छापामारी टोलीमा सशस्त्र प्रहरीसंगै ब्यापक सङ्ख्यामा नेपाल प्रहरी खटाइएको जनाइको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै