ट्रेन्डिङ

धोरेमा गोठघरमा आगलागी हुँदा तीन चौपाया घाइते, करिब २ लाख बराबरको सम्पत्ति नष्ट

वीरगन्ज । पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका वडा नं. ०१, धोरेमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा लाखौंको क्षति भएको छ।

आगलागीबाट गोठघरभित्र रहेको मोटरसाइकलसहित विभिन्न सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने तीनवटा चौपाया घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, आज बिहान २ बजेतिर धुपनाथ राउतको गोठघरमा आगलागी भएको खबर प्राप्त भएको थियो। प्रहरी चौकी धोरेबाट प्रहरी नायव निरीक्षक भन्टु राय यादवको कमान्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा बिहान ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो।

आगलागीबाट BR 05AS 4879 नम्बरको TVS मोटरसाइकल एक थान, एक थान साइकल र एक थान बिजुलीको मिटर जलेर पूर्ण क्षति भएको छ। यसका साथै, गोठमा रहेका एक भैँसी र दुई पाडीको ढाडमा करिब १० प्रतिशत भाग पोलेर घाइते भएका छन्।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार, आगलागीबाट करिब एक लाख छयासी हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। यस घटनामा कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगलागीको कारण बिजुलीको तार सर्ट हुनु रहेको बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै