ट्रेन्डिङ

कार्यवाहक सभापति तोक्न देउवालाई कांग्रेस नेता कोइरालाको आग्रह

वीरगन्ज । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमिति तत्काल विघटन गर्न र कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न आग्रह गरेका छन्।

शनिबार पार्टी मुख्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आगामी मङ्सिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापति तोकेर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

नेता कोइरालाले भने, ‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भने— यो मेरो व्यक्तिगत विचार हो। मैले उहाँलाई के भने भने तपाईं विघटन गर्नुस्। एक जनालाई कार्यवाहक सभापति दिनुस्। उनले गठन गर्छन्। र उनले नै मिति तय गर्छन्। मलाई लाग्दछ– मङ्सिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो।’

उनले अब बन्ने कार्यवाहक सभापतिले नै पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि स्पष्ट पारेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै