ट्रेन्डिङ

प्रतिकुल मौसम: आइतबार र सोमबार सार्वजनिक बिदा

वीरगन्ज । नेपाल सरकारले आइतबार र सोमबार (भोलि र पर्सि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

​अविरल वर्षा र त्यसबाट सिर्जित प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

​सरकारी कार्यालयहरू आइतबारदेखि खुल्ने तयारी भए पनि राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको खतराको चेतावनी (अलर्ट) लाई ध्यानमा राखेर बिदा थप गरिएको हो।

​गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग सुरक्षा अवस्थाबारे छलफल गरेको छ।उच्च जोखिमयुक्त बस्तीहरूमा सुरक्षा संयन्त्र परिचालन गर्ने र​आकस्मिक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राख्ने जस्ता निर्णयहरू पनि भइसकेको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै