ट्रेन्डिङ

सशस्त्र प्रहरीका ७ हजार बढी जवान प्रतिकार्यमा, ६३ जिल्लामा ‘सुरक्षित रहनू’ भन्दै माइकिङ

वीरगन्ज । देशभर अविरल वर्षासँगै विपद्को जोखिम बढेपछि नेपाल सरकारले सशस्त्र प्रहरी बलका ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं विपद् प्रतिकार्य शाखाप्रमुख रामबहादुर केसीका अनुसार, तत्कालको विपद् प्रतिकार्यका लागि ७ हजार ३१५ जना सशस्त्र प्रहरी जवान परिचालन गरिएको छ।

विपद्को जोखिमबाट सर्वसाधारणलाई जोगाउन देशका ६३ जिल्लामा माइकिङ मार्फत सुरक्षित रहन र सचेतना अपनाउन आह्वान गरिएको छ। केसीले जनचेतना फैलाउन विभिन्न टोलीहरू निरन्तर खटिएको जानकारी दिए।
उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन २६ वटा नयाँ विपद् प्रतिकार्य वेश स्थापना गरिएको छ। यसअघि नै रहेका ९ वटा वेशसमेत गरी सबै युनिटहरू तयारी अवस्थामा काम गरिरहेका छन्।

विपद् व्यवस्थापनमा सहयोग गर्न ९९० जना स्वयंसेवकलाई विशेष १८ दिने तालिम दिएर तयारी अवस्थामा राखिएको छ। आवश्यक पर्ने सबै उद्धार उपकरणहरू तयारी अवस्थामा छन् र आवश्यकता अनुसार तुरुन्तै प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको प्रमुख केसीले बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै