ट्रेन्डिङ

काठमाडौँ भित्रिन र बाहिरिन ३ दिनको लागि सवारी आवागमन बन्द

वीरगन्ज । निरन्तरको वर्षाले निम्त्याउन सक्ने विपद्को उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाको प्रवेश र बहिर्गमनमा रहेका मुख्य राजमार्गहरूलाई पूर्ण रूपमा बन्द गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार, आजदेखि तीन दिनसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधनलाई उपत्यका भित्रिन र बाहिरिन कडाइका साथ रोक लगाइएको छ।

प्राधिकरणका विपद् कार्यप्रमुख रामबहादुर केसीले यस निर्णयको पुष्टि गर्दै यात्रामा जोखिम रहेकाले सर्वसाधारणको सुरक्षाका लागि यो कदम चालिएको जानकारी दिए ।

अत्याधिक वर्षाले बाढी, पहिरो तथा सडक अवरुद्ध हुने सम्भावना बढेकोले आम यात्रुहरूलाई आफ्नो गन्तव्यको यात्रा तत्कालका लागि स्थगित गर्न र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै