ट्रेन्डिङ

‘बेटी पढाऔँ, बेटी बचाऔँ’ बिमा कार्यक्रम स्थगित

जनकपुरधाम । मधेश प्रदेश सरकारले विगत सात वर्षदेखि सञ्चालन गर्दै आएको आफ्नो महत्वाकांक्षी ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजना अन्तर्गतको छोरी शिक्षा बिमा कार्यक्रम बजेट अभावका कारण स्थगित गरेको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा यो लोकप्रिय कार्यक्रमका लागि बजेट नै विनियोजन नगरेपछि कार्यक्रम रोकिएको हो।

शिक्षा विकास निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियंका यादवले बजेट नहुँदा कार्यक्रम स्थगित भएको पुष्टि गरिन् । यस निर्णयले प्रदेशका हजारौँ परिवार र छोरीहरूको भविष्यमाथि अनिश्चितता छाएको छ।

निर्देशनालयका अनुसार यो कार्यक्रम सुरु भएदेखि हालसम्म १४ हजार ४५३ जना छोरीहरूको बिमा गरिएको थियो। आर्थिक वर्ष २०७५/७६ मा ५ हजार ६६६ जनासहित पछिल्ला वर्षहरूमा पनि उल्लेख्य संख्यामा छोरीहरूलाई यसमा समावेश गरिएको थियो।

तर, कार्यक्रम स्थगित हुँदा अहिले बिमा गरिएका १० हजार जना छोरीहरूको प्रिमियम तिर्न बाँकी रहेको संयोजक यादवले जानकारी दिइन् । एक जना छोरीको बिमा गर्दा प्रदेश सरकारले ३७ हजार ४५७ रुपैयाँ प्रिमियम तिर्नुपर्छ।

मधेश प्रदेशमा लैंगिक समानता र छोरीको शिक्षा सुनिश्चित गर्न सुरु गरिएको यो कार्यक्रम बजेटकै कारण रोकिएपछि नागरिक स्तरमा चिन्ता व्यक्त भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै