ट्रेन्डिङ

महिला प्रधानमन्त्रीको सरकारमा महिला मन्त्री नभएकोमा प्रभु साहको असन्तुष्टि

वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशले महिला प्रधानमन्त्री पाए पनि उनको मन्त्रिपरिषद्मा अहिलेसम्म एक जना पनि महिलाको प्रतिनिधित्व नहुनुलाई दुर्भाग्यपूर्ण भन्दै प्रश्न उठाएका छन्।

रौतहटको गरूड़ामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै साहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनालाई कमजोर तुल्याएको आरोप लगाए।
‘महिला प्रधानमन्त्रीले एक जना पनि महिलालाई मन्त्री बनाउन सक्नुभएन ? के नेपालमा योग्य महिलाहरू छैनन् र ?’ साहले प्रश्न गरे।

उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार गठन भएको एक महिना हुन लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्नु र त्यसमाथि महिला प्रतिनिधित्व शून्य हुनुले निराशा बढाएको बताए। साहले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नु नै प्रधानमन्त्री कार्कीको पहिलो असफलता भएको ठोकुवा गरे।

साहले वर्तमान सरकार युवाहरूले जीवनको बलिदानी दिएर ल्याएको परिवर्तन बाट बनेको भए पनि युवाको भावना विपरीत पूरानै र पाका नेतृत्वको हालीमुहाली देखिएकोमा गुनासो गरे। उनले युवा क्रान्तिले केवल केन्द्रको एउटा अनुहार बदल्नेमात्र नभएर देशभरका ७६१ वटा सरकारको लुट र भ्रष्टाचार अन्त्य गर्न खोजेको तर अहिले आन्दोलनको भावनामाथि खेलवाड भइरहेको आरोप लगाए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै