ट्रेन्डिङ

ठूला नेतालाई बलपूर्वक विदाइ नगरेसम्म देशको भलो हुँदैन : प्रभु साह

वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा परिवर्तन ल्याउनका लागि ठूला दलका ठूला नेताहरूलाई राजनीतिबाट बलपूर्वक विदाइ गर्नुपर्ने धारणा राखेका छन्।

उनले जबसम्म सिण्डिकेटधारी दलहरू र तिनका नाइकेहरूलाई सत्ताबाट हटाइँदैन, तबसम्म देश र जनताको हित नहुने ठोकुवा गरे।

रौतहटको चन्द्रपुर नगरपालिकाको चेतनगर बजारमा आयोजित एक शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले सिंहदरबार, रामशाहपथ र बहादुरभवन जस्ता प्रमुख प्रशासनिक केन्द्रहरूमा ‘तीन दलको छायाँ र विषादी’ अझै कायम रहेकोले देशले अग्रगमनको बाटो समाउन नसकेको आरोप लगाए।

देश अहिले विषम परिस्थिति बाट गुज्रिरहेको उल्लेख गर्दै उनले हरेक देशभक्त नेपालीले अब चनाखो हुनुपर्ने बेला आएको भन्दै सबैलाई सचेत गराए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै