ट्रेन्डिङ

जेनजी आन्दोलनमा घाइते लक्ष्मण राईको निधन, मृतक संख्या ७६ पुग्यो

वीरगन्ज । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका थप एक प्रदर्शनकारीको उपचारका क्रममा निधन भएको छ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ का ३६ वर्षीय लक्ष्मण राईको आज बिहान पौने २ बजे ट्रमा सेन्टरमा उपचारकै क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार, राईलाई बालाजुमा भएको प्रदर्शनका बेला टाउकोमा गोली लागेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले राईको निधनको पुष्टि गरेका छन् ।

लक्ष्मण राईको मृत्युसँगै भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाउनेहरूको संख्या ७६ पुगेको छ। मृत्यु हुनेहरूमध्ये १० जना कैदीबन्दीसमेत रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै