वीरगन्ज । भदौ २४ गतेको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट सम्पूर्ण भौतिक सामग्री नष्ट भएपछि दैनिक प्रशासनिक कामकाजमा कठिनाइ भोगिरहेको वीरगन्ज महानगरपालिकालाई सहयोग पुगेको छ।
महानगरपालिकालाई कार्यालय पुनःसञ्चालनमा सहजता ल्याउन सूर्या नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्युतीय सामग्रीहरू सहयोग गरेको हो।
सूर्या नेपालले महानगर प्रमुख राजेशमान सिंहलाई दुई थान कम्प्युटर सेट, दुई थान ल्यापटप र दुई थान प्रिन्टर हस्तान्तरण गरेको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख सिंहले असहज अवस्थामा कार्यालय पुनःसञ्चालन गर्न सूर्या नेपालले गरेको सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गरे । उन्ले महानगरको दैनिक कामकाज सहज बनाउन पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि सहकार्यको अपेक्षा राख्े ।
सो अवसरमा सूर्या नेपाल प्रा.लि.का प्रभाकर विक्रम शाहले समस्याको घडीमा सहयोग गर्न आफूहरू जहिल्यै तत्पर रहने बताए। उनले भने, ‘नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो। सबै मिलेर सहयोग गरे महानगर चाँडै उठ्नेछ।’ यस्तै, उद्योग प्रमुख सुरेश काजी श्रेष्ठले पनि आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका सिनियर म्यानेजर यज्ञ आले लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।