वीरगन्ज । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
शनिबार भक्तपुरको गुन्डुमा एमाले निकट राष्ट्रिय युवा संघले बडादशैंको अवसरमा आयोजना गरेको खुला भेटघाट कार्यक्रममा ओली सार्वजनिक भएका हुन् ।
युवा संघ, भक्तपुरले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओली कार्यकर्तामाझ उपस्थित भएका छन् । कार्यक्रममा ओलीका साथै एमालेका नेताहरू महेश बस्नेत, राजीव पहरी लगायतको सहभागिता रहेको छ।