ट्रेन्डिङ

कुलमान घिसिङको पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ लगायत तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले मुलुकको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि स्थापना गरिएको कोषमा योगदान गर्न सबै पक्षलाई आह्वान गरेका छन्।

जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनाहरूमा आगजनी र तोडफोडले ठूलो क्षति पुगेको भन्दै सोको भरथेग गर्न सरकारले बुधबार मात्र आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरेको हो। मन्त्री घिसिङले कोषको स्थापनासँगै सहयोगका लागि सबैलाई आग्रह गरेका छन्।

सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको छ। मन्त्री घिसिङले उक्त समितिले चाँडै नै पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्ने र त्यसपछि क्षतिपूर्ति तथा पुनर्निर्माणको काम युद्धस्तरमा अगाडि बढ्ने जानकारी दिए।

आन्दोलनले पारेको गहिरो आर्थिक र भौतिक घाउमा मलम लगाउन तथा देशको आर्थिक गतिविधिलाई पुनः ट्र्याकमा ल्याउन यो कोष महत्त्वपूर्ण हुने सरकारको विश्वास छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै