ट्रेन्डिङ

तीनवटा सवारी आपसमा ठोक्किदाँ ३१ जना घाइते

दुइ जना गम्भीर

वीरगन्ज । तीनवटा सवारी आपसमा ठोक्किदाँ ३२ जना घाइते भएका छन् ।

सोमबार दिउँसो मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुरस्थित भएको दुर्घटनामा ३१ जना घाइते भएका हुन् ।

पूर्व पश्चिम सडकखण्डमा चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रु बाहक बस र हेटौँडादेखि चितवनका लागि छुटेको ना ६ ख ८१८० नम्बरको माल वाहक ट्रकसँग ठक्कर खाएको थियो । त्यसपश्चात ट्रक अनियन्त्रित भई काठमाण्डौँबाट बारातर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङकरलाई ठक्कर दिएको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए ।

उनका अनुसार बस चालक साईडको टायर पड्किदाँ माल बाहक ट्रकसँग ठोक्किन पुगेको थियो । भने बसको ठक्करबाट अनियन्त्रित हुँदा ट्याङकर लाई ठक्कर दिएको उनले जनाए ।

दुर्घटनामा घाइते भएकाहरुलाई हेटौडा अस्पताल मकवानपुर र सिएमसी चुरेहिल अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये दुइको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

घटनास्थलबाट सवारी हटाउने प्रयास गरिरहेको तथा यसबारे यसबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै