ट्रेन्डिङ

जेनजी आन्दोलनले निजी क्षेत्रलाई ८० अर्बको नोक्सान आकलन

वीरगन्ज । जेनजी आन्दोलनका क्रममा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति बेहोरेको निजी क्षेत्रले सरकारसँग अर्थतन्त्रको पुनर्निर्माण, सुरक्षा र सहकार्यका लागि आग्रह गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री सुशीला कार्की सँगको भेटमा यस्तो माग राखेका हुन्।

अध्यक्ष ढकालले निजी क्षेत्रमा भएको आक्रमणले यसको महत्त्व बुझ्न नसकिएको बताए। उनले अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारीको जिम्मेवारी रहेको जानकारी दिँदै सम्मानित रूपमा काम गर्ने वातावरणको माग गरे।

आन्दोलन प्रभावित व्यवसायीहरूलाई कर्जा पुनर्संरचना, ब्याज सहुलियत, र भन्सार शुल्कमा छुट दिनुपर्ने, आक्रमणमा संलग्न दोषीलाई कारबाही गरी लगानीमैत्री वातावरण सुनिश्चित गर्नुपर्ने, अर्थतन्त्रलाई चलायमान बनाउन चालु पूँजी कर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन र भ्याटको दर समायोजन गर्नुपर्ने लगायतको माग उनीहरुले राखेका छन् ।

यसका साथै, महासंघले नेपाललाई २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने निर्णयलाई हाल स्थगित गर्न संयुक्त राष्ट्रसंघसँग आग्रह गर्न पनि सरकारलाई सुझाव दिएको छ। आन्दोलनले भएको ठूलो क्षतिले स्तरोन्नतिको तयारीमा बाधा पुगेको महासंघको भनाइ छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै