ट्रेन्डिङ

संसद विघटन असंवैधानिक रहेको कांग्रेसको निष्कर्ष

वीरगन्ज । नेपाली कांग्रेसले हालैको संसद विघटनलाई असंवैधानिक ठहर गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यो निष्कर्ष निकालेको हो। पार्टीको कार्यालय जेन(जी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गर्दा क्षतिग्रस्त भएको थियो, र सोही क्षतिग्रस्त भवनमा आज पहिलो पटक औपचारिक बैठक बसेको हो।

बैठकले संसद विघटनको विषयमा अन्य राजनीतिक दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ। यसका साथै, दशैंअघि नै केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि भएको छ।

जेनजी आन्दोलनपछि नेपाली कांग्रेसको यो पहिलो औपचारिक बैठक हो। आन्दोलनका क्रममा कांग्रेस कार्यालय मात्र होइन, सभापति शेरबहादुर देउवा दम्पतीमाथि कुटपिट भएको थियो र उनीहरूको अहिले उपचार भइरहेको छ। आन्दोलनकारीले कांग्रेसका अधिकांश शीर्ष नेताहरूको घरमा समेत क्षति पुर्‍याएका थिए।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको यो बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र आन्दोलनबाट उत्पन्न परिस्थितिबारे पनि समीक्षा गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै