ट्रेन्डिङ

संसदका सबै पदाधिकारीले गाडी फिर्ता गरे, पूर्वअध्यक्ष तिमिल्सिना अटेर गर्दै

वीरगन्ज । जेनजी आन्दोलनका कारण संसद विघटन भएपछि अधिकांश संसदीय समितिका सभापतिहरूले आफूले पाएका सरकारी गाडी फिर्ता गरेका छन्।

तर, राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले भने संसद सचिवालयलाई गाडी फिर्ता गर्न मानेका छैनन्। उनले बलजफ्ती लगेको गाडी फिर्ता गर्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेको संसद सचिवालयले जनाएको छ।

संसदका एक अधिकारीका अनुसार, पूर्वपदाधिकारीलाई सवारी साधन दिने कानुन नभएको र सरकारले पनि यस विषयमा कुनै निर्णय नगरेको अवस्थामा तिमिल्सिनाले गैरकानुनी रूपमा गाडी प्रयोग गरिरहेका छन्। उनले चीन सरकारले दिएको विद्युतीय गाडी प्रयोग गरिरहेका छन्।

सचिवालयले बारम्बार आग्रह गर्दा पनि उनले गाडी फिर्ता नगरेको ती अधिकारीले बताए। ‘उहाँलाई गाडी फिर्ता गर्न पटक–पटक आग्रह गर्यौं, तर बलजफ्ती राख्नुभएको छ, फिर्ता गर्नुभएन,’ उनले भने।

संसद सचिवालयका अनुसार, प्रतिनिधिसभा विघटन भएपछि समितिहरू पनि विघटन भएका छन् र नियमअनुसार पदाधिकारीहरूले आफूले पाएको गाडी सात दिनभित्र फिर्ता गर्नुपर्छ।
भदौ २४ गतेको आन्दोलनमा सिंहदरबारमा आगजनी हुँदा संसद सचिवालयका १८ वटा गाडी र ३६ वटा मोटरसाइकल जलेर नष्ट भएका थिए। यस घटनाले संसद सचिवालयको सवारी साधन व्यवस्थापनमा ठूलो क्षति पुगेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै