वीरगन्ज। तनहुँको २ नम्बर राजदल गणबाट धनुषातर्फ जाँदै गरेको नेपाली सेनाको ट्रक हेटौंडा र बाराको सीमा क्षेत्र चुरियामाईमा दुर्घटनामा परेको छ।
मंगलबार दिउँसो भएको दुर्घटनामा २२ जना सैनिक सवार थिए, जसमध्ये १६ जना घाइते भएका छन्।
हेटौंडा उपमहानगरपालिका–१५ र सिमरा उपमहानगरपालिका–२२ मा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गतको पुलबाट करिब १५ मिटर तल खसेर ट्रक दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालका अनुसार, घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। सबै घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेहरूको पहिचान भने अझै खुलिसकेको छैन।
उपसेनानी हर्ष बिक्रम अधिकारीको कमान्डमा रहेका चारवटा ट्रकहरूमध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको हो।