ट्रेन्डिङ

विपक्षी बन्न जनमतको पत्र, मुख्यमन्त्री सतिश सिंहलाई राजीनामाको दबाब

वीरगन्ज । जेनजी आन्दोलनमा सरकारले दमन गरेको भन्दै जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा दिन निर्देशन दिएको छ।

तर, मुख्यमन्त्रीले अहिलेसम्म राजीनामा नदिएपछि जनमत पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टीको निर्देशनअनुसार प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेशसभामा समर्थन फिर्ता लिएको पत्र दर्ता गराएका छन्। पत्रमा भदौ २८ गते नै प्रदेश प्रमुखको कार्यालयलाई यसबारे जानकारी गराइसकिएको उल्लेख छ।

जनमतका प्रवक्ता डा. शरद यादवले भने, ‘हामीले मुख्यमन्त्रीसहित सबै मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएका थियौँ। तर, मुख्यमन्त्रीले अहिलेसम्म राजीनामा नदिनुभएपछि प्रदेशसभामा विपक्षीको बेन्चमा बस्नका लागि यो पत्र दर्ता गरिएको हो।’

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै