ट्रेन्डिङ

प्रचण्डलाई राजीनामा दिन जनार्दन शर्माको दबाब

वीरगन्ज । जेनजी युवा आन्दोलनले देशभरि हलचल ल्याएको छ। यस आन्दोलनले पुराना राजनीतिक पार्टीहरू र तिनको नेतृत्वको औचित्यमाथि गम्भीर प्रश्न उठाएको छ।

यसै सन्दर्भमा, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेका छन्।

शर्माले जेनजी आन्दोलनलाई भ्रष्टाचार र पुरानो राजनीतिक संस्कृतिमाथिको प्रहारका रूपमा हेरेका छन्। उनले भने, ‘यो आन्दोलनले नयाँ नेतृत्वको माग गरेको छ, त्यसैले अहिलेको परिस्थितिमा पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ।’

जेनजी आन्दोलनमा भएको हिंसापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। यस सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने निर्णय गरेको छ।

जनार्दन शर्माले पार्टीभित्र विगतदेखि उठाउँदै आएका मागहरूलाई पुनः उठाउँदै नेतृत्व परिवर्तनसँगै पार्टीको सम्पत्ति छानबिन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र नेताहरूको पद अवधि तोक्नेजस्ता विषयमा जोड दिएका छन्।

उनले जेनजी आन्दोलनको सकारात्मक संश्लेषण गर्दै नयाँ सरकारलाई सहयोग गरेर निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै